कैलाली। कैलालीको कैलारी गाउँपालीका वडा नम्बर-२ बाट अवैध काठ नियन्त्रणमा लिइएको छ। बुधबार साढे ४ बजे कैलालीको कैलारी गाउँपालीका-२ उजेलिसिमर स्थित ईलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी नायव निरीक्षक राजेन्द्र सिहं कार्कीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले अवैध काठ नियन्त्रणमा लिइएको हो।
गस्ती गर्ने क्रममा कैलारी गाउँपालीका वडा नम्बर-२ स्थित कटैनी नदिको ढिकमा अवैध रूपमा रहेको साल १ गोलिया ४२.३० क्युफुट र असना १ गोलिया २२.६४ क्युफुट काठ नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको काठ आवस्यक कार्वाहीको लागी सब-डिबिजन बन कार्यालय उदासिपुरको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ।