धनगढी। कैलालीमा आँखाको संक्रमण बढेपछि विद्यालय बन्द गरिन थालेका छन।विद्यार्थीमा सङ्क्रमण बढ्न थालेपछि विद्यालय बन्द गरिन थालेका हुन।आखाँ पाक्ने समस्या बढेपछि लम्कीचुहा नगरपालिकामा रहेका प्याब्सन र एनप्याब्सन आवद्ध विद्यालयहरुमा तीन दिन बिदा गरिएको छ।
प्याब्सन र एनप्याब्सनको संयुक्त बैठकले साउन १७ देखि १९ गतेसम्म विद्यालयमा बिदा गर्ने निर्णय गरेको हो। आँखा पाक्ने रोगबाट कतिपय विद्यार्थी, शिक्षक, शिक्षिका तथा अन्य कर्मचारी सङ्क्रमित भइ अवस्था असहज बनेको जनाइएको छ। अरु विद्यार्थी, शिक्षक तथा कर्मचारीमा सङ्क्रमण फैलिन नदिन विद्यालयमा बिदा दिने निर्णय गरेको प्याब्सन लम्कीका सचिव भूपेन्द्र तिमिल्सेनाले जानकारी दिए।
आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि धनगढीका केही विद्यालयले पनि बिदा दिएका छन। कैलाली, कञ्चनपुरमा भाइरल कन्जंक्टिभाइटिसका कारण स्वास्थ्य संस्थामा आँखा उपचार गराउनेको सङ्ख्या बढ्दो छ। यसैगरी, स्वास्थ्य संस्थामा आँखामा हाल्ने औषधिकोसमेत अभाव देखिन थालेको छ।