धनगढी : सुदूरपश्चिम ११ स्पोर्टस क्लवले पटेला स्मार्ट क्लवलाई खेल सामग्री सहयोग गरेको छ। पटेला स्थित फुटवल मैदानमै एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम ११ स्पोर्टस क्लवले पटेला स्मार्ट क्लवलाई खेल सामग्री सहयोग गरेको हो।
सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अनुसार पटेला स्मार्ट क्लवलाई ११ वटा बल, ४५ गेम ड्रेस तथा क्याप टोपीहरु सहयोग गरिएको हो। यसका साथै अन्य फुटवलसंग सम्बन्धित सामग्रीहरु पटेला स्मार्ट क्लवलाई सहयोग गरिएको हो। सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष शुरेस हमालले पटेला स्मार्ट क्लवका अध्यक्ष मुकेश चौधरीलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
खेल सामग्री हस्तान्तरण गर्दै सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष शुरेस हमालले यस्ता कार्य फुटवल संघ कैलालीले गर्नुपर्ने भएपनि सघं सिमित क्लवको वरीपरी मात्रै रहेको बताए। यहाँ हामीले सहयोग गर्नुपर्ने स्थिती आउनुपर्ने होइन यस्ता ठाउँमा जिल्ला फुटवल सघं पुग्नुपर्ने हो तर फुटवल संघ नपुगेपछि हामीले सहयोग गर्नु परेको हो अध्यक्ष हमालले भने “शहर केन्द्रित मात्रै भएर फुटवलका खेलाडी उत्पादन हुँदैनन्, गाउँ गाउँमा फुटवलका खेलाडी उत्पादन गरे देशको फुटवल भविश्य बन्छ, त्यस कारण हामीले पटेलाका खेलाडीहरुलाई सहयोग पुगोस भनेर बल, ड्रेस लगायतका सामग्री सहयोग गरेका हौँ ।”
हामी अब पटेला स्मार्ट क्लव संग सहकार्य गर्दै प्रतियोगितामा सहभागी हुनेछौँ उनले भने “यहाँका खेलाडीको क्षमता अभिबृद्धीका लागी एकजना पुरुष प्रशिक्षक र एक जना महिला प्रशिक्षक हामीले खटाएका छौँ, तपाइहरु सक्दो मेहेनत गर्नुहोला, एकदम फुटवल प्रती माया भएकोहरु मात्रै खेल्न आउनुहोला समय बर्वाद गर्न कोही नआउनुहोला म आफै र बल, सु.प ११ ले के गर्नुपर्ने हो सक्दो सहयोग गरिरहने छु ।”
खेल सामग्री हस्तान्तरण कार्यक्रममा फुटवल संघ सुदूरपश्चिमका उपाध्यक्ष राघव कार्की, क्लवका प्रमुख सल्लाहकार पतिराम चौधरी, फुटवल संघका सुदूरपश्चिम सदस्य हेमकर्ण रञ्जितकार, फुटवल संघ कैलालीका निबर्तमान महासचिव ओम प्याकुरेल, नवोबुद्ध युवाक्लवका अध्यक्ष निरज बिष्ट, सु.प ११ का सदस्य खडक शाह लगायतको उपस्थिती थियो । कार्यक्रममा खेलकुद पत्रकार मञ्च कैलालीका बरिष्ठ उपाध्यक्ष शंकर बोहरा र फुटवल सघं कैलालीका निबर्तमान महासचिव ओम प्याकुरेलले मन्तब्य राखेका थिए ।