दार्चुला। दार्चुलामा एक पुरुषमा कालाजार देखिएको छ। आइतवार उपचारका लागि आएका शैल्यशिखर नगरपालिका-९ नायलका ५० वर्षीय पुरुषमा कालाजार देखिएको गोकुलेश्वर अस्पतालका मेडिकल अधिकृत डाक्टर मियाज अन्सारीले जानकारी दिए। कालाजार देखिएका पुरुषलाई थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा पठाएको उनले बताए।
जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी राजेश भट्टका गएको फागुनमा पनि ती पुरुषलाई कालाजार देखिएको थियो । त्यसपछि उपचारका लागि धनगढी पठाएपछि निको भएकामा अहिले फेरि कालाजार देखिएको सूचना अधिकारी भट्टले बताए । ती पुरुषलाई थप उपचारका लागि भोलि सोमवारसम्म सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।