धनगढी। प्रदेशका उत्कृष्ट पाँच कृषकलाई सुदूरपश्चिम सरकारले नगदसहित सम्मान गरेको छ।
बुधवार धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषकहरूलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
कैलालीका पहलमान देउवा, बैतडीका जयन्ती भाट, डडेल्धुराका प्रिन्सराज अवस्थी र डडेल्धुराकै प्रसाददत्त अवस्थी जनही ७५ हजार राशीको उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका हुन् ।प्रदेश सरकारले हरेक वर्ष उत्कृष्ट किसानलाई छनोट गरेर पुरस्कृत गर्दै आएको छ। साथै, प्रदेश सरकारले कञ्चनपुरको बेलौरीका आशरेराम बडायकलाई एक लाख ५० हजार राशीको भीमदत्त प्रदेश सर्वोत्कृष्ट पुरस्कारबाट सम्मान गरेको छ ।