धनगढी : धनगढी उपमहानगरपालिकाले संचालन गरेको विशेषज्ञ वडा क्लिनिकको प्रयोगशाला सेवालाई व्यवस्थीत गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सहयोग गरेको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र निर्देशक डा. निरज अर्यालले आज (Analyzer Machine) प्रयोगशाला उपकरण धनगढी उप महानगरपालिकालाई हस्तान्तरण गरेका हुन् । डा.अर्यालले धनगढी उप महानगरपालिकाका प्रमुख गोपाल हमाललाई (Analyzer Machine) प्रयोगशाला उपकरण हस्तान्तरण गरेका हुन् । यस उपकरणले विशेषज्ञ वडा क्लिनिकको प्रयोगशाला सेवालाई व्यवस्थीत हुने उपमहानगरको बिश्वास छ ।