डोटी। निर्माण व्यवसायी संघ डोटीले सरकारलाई ज्ञापन पत्र बुझाएको छ। विभिन्न माग राख्दै निर्माण व्यवसायी संघ डोटीले जिल्ला प्रशासन कार्यालय मार्फत मंगलबार नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो।
निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे माग अघि सारेर निर्माण व्यवसायी संघ डोटीले सरकारलाई ज्ञापन पत्र बुझाएको निर्माण व्यवसायी संघ डोटीका उपाध्यक्ष तेज बहादुर बोहराले जानकारी दिए। निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने भन्दै देशभरका निर्माण व्यवसायी अहिले आन्दोलित छन्।
अन्दोलित निर्माण व्यवसायी आफना माग अघि सारेर अहिले सरकारको ध्यानार्षण गराई रहेका छन्। माग सम्बोधन नभए साउन १४ गते देखि प्रशासन कार्यालयमा धर्ना दिइने निर्माण व्यवसायीहरुको भनाई छ। नेपाल सरकारले आफुहरुका माग सम्बोधन नगरे थप संघर्षका कार्यक्रम अघि सारेर चरणबद्ध आन्दोलन गरिने उनिहरुको चेतावनी छ।