धनगढी। कोरोना महामारीका बेला निर्माण भएका संरचना प्रयोग बिहिन बन्दै गएका छन्। बिश्वब्यापी कोरोना महामारीका बेला सुदूरपश्चिममा निर्माण भएका संरचनाहरु अहिले प्रयोग बिहिन बनेका हुन् ।
कोरोना नियन्त्रण तथा रोकथामका लागी निर्माण गरिएका आइसोलेशन र होल्डिङ सेन्टर कोरोना प्रयोप नियन्त्रण संगै प्रयोग बिहिन बनेका हुन्।सुदूरपश्चिम प्रदेशमा संघ, प्रदेश र स्थानिय तहले कोरोना नियन्त्रण तथा रोकथामका लागी करोडौँ रकम खर्च गरेका थिए । कोरोना नियन्त्रण तथा रोकथामका लागी बिभिन्न उपकरण खरिद तथा संरचना निर्माणमा तिनै तहका सरकारले करोडौँ रकम खर्च गरेका थिए। कोरोना कहर रोकथाम तथा नियन्त्रणका लागी खरिद गरेका उपकरण तथा निर्माण गरेका संरचना कोरोना नियन्त्रण संगै प्रयोग बिहिन बनेका हुन्।
कैलाली र कञ्चनपुरका सिमा क्षेत्रमा निर्माण गरिएका होल्डिङ सेन्टरहरु हस्तान्तरण नै भएका छैनन्, भने सरकारले निर्माण गरेका आइसोलेशन भवनहरुपनि अहिले प्रयोग बिहिन बनेका छन्। २८ करोड बढी लागतमा धनगढी उपमहानगरपालिका ३ मा निर्माण गरिएको होल्डिङ सेन्टर हालसम्म हस्तान्तरण हुन सकेको छैन, भने कञ्चनपुरको भिमदत्त नगरपालिकामा २९ करोड बढी लागतमा बनेको होल्डिङ सेन्टरपनि हस्तान्तरण हुन सकेको छैन। संघ सरकारको करिब ६० करोड लागतमा बनेका यि दुई होल्डिङ सेन्टरलाई सरकारले प्रयोगमा ल्याउन नसक्दा करोडौँ लागानी खेर गएको गुनासो बढेको छ।
करोडौँ रकम खर्च गरेर बनाएका संरचना लाई प्रदेश अथवा स्थानीय तहको मातहतमा ल्याउँनु पर्ने माग स्थानीयतहका जनप्रतिनिधीको छ। करोडौँ लगानीमा कैलाली र कञ्चनपुरमा बनेका होल्डिङ सेन्टर कुनै प्रयोगमा ल्याउन सकेको छैन धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राज बहादूर ऐरले भने “राज्यको सम्पति खेर गएको महशुस भइरहेको छ, अब कोरोना छैन अहिले, केही अरु काममा प्रयोग त गर्नुपर्छ, संघ सरकारले स्थानिय तहको जिम्मामा यो होल्डिङ सेन्टर दिएर शरुवा रोगको अस्पताल, टेक्निकल बलेज अर्थात कुनै न कुनै काममा प्रयोग गराउनुपर्ने हो, तर सरकारले कुनै शुरसार गरेको छैन ।”
संघिय सरकारको करिब ६० करोड लागतमा बनेका होल्डिङ सेन्टरलाई सरकारले प्रयोगमा ल्याउन चासो नदिएका बेला प्रदेश सरकारले दुई करोड लगानी गरेका कोरोना अस्पतालपनि अहिले बन्द छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कहरका बेला धनगढीमा र महेन्द्रनगरमा २ करोड ५० लाखमा भन्दा बढीमा कोभिड अस्पताल निमार्ण गरेपनि अहिले दुवै भवन शुनसान छन् । यि कोरोना अस्पतालहरुमा अहिले ताल्चा ठोकिएको छ। झन संरक्षण अभावमा यि भवन कुरुप बन्दै गएका छन्। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादूर धामीका अनुसार सामाजिक विकास मन्त्रालयले कैलाली र कञ्चनपुरमा ५०–५० बेडको छुट्टै कोरोना अस्पताल निर्माणका लागि एक–एक करोड खर्च गर्यो। त्यपछि पुन संक्रमण बढै गएपछि धनगढीमा र महेन्द्रनगरमा २ करोड ५० लाखमा भन्दा बढीमा वाल कोभिड अस्पताल निमार्ण गरेको थियो। कोरोना संक्रमण घट्दै गएपछि होल्डिङ सेन्टर, कोरोना अस्पताल तथा बिभिन्न अन्य उपकरणको प्रयोग हुन छोडेको छ।
अन्य उपचारमा प्रयोग हुने उपकरणहरुलाई सञ्चालन गरिएपनि शरुवा रोगका लागी मात्रै आवश्यक पर्ने उपकरण तथा संरचना प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा।जगदिस जोशीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अहिले पनि कोभिडमा निर्माण भएका भौतिक संरचना र स्वास्थ्य उपकरण प्रयोगमा रहेपनि कैलाली, कञ्चनुरमा शतप्रतिशत प्रयोगमा नभएको स्वीकार गरे। कोरोना महामारी शुरु भएपछि यसको रोकथाम तथा नियन्त्रणका लागी निर्माण भएका होल्डिङ सेन्टरहरुलाई कुन कसरी प्रयोगमा ल्याउने भन्ने सरकारले कुनै तयारी समेत गर्न सकेको छैन। यता कोभिड अस्पतालका लागी बनाइएका संरचनाको संरक्षण समेत हुन छोडेको छ। यति मात्रै नभएर केही उपकरण प्रयोगमा आउन नसक्दा बिग्रिदै गएका छन्।