बैतडी। बैतडीमा पहिरोले घर पुरिदा आमा छोराको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका २ स्थीत भैरु टोलमा आईतवार राति पहिरोले घर पुरिएर २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन जागरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार अन्य तीन जना घाईते भएका छन्। इलाका प्रहरी कार्यालय पाटन प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाईते भएको जानकारी दिए।
यस्तै मृतक अञ्जुको घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन्। मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका बताइएको छ। प्रहरीका अनुसार घरमा पूर्ण क्षति पुगेको छ भने करिब एक दर्जन चौपायासमेत मरेका छन्।