धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले बैतडीको सिगासमा खानेपानी योजनको उद्धघाटन गरेका छन् । गाउँपालिकाको वडा नं ३ लगनमा प्रदेश सरकारको ८ करोड लागतमा सम्पन्न बृहत लिफ्ट खानेपानी योजनाको आज मन्त्री धामीले उद्धघटन गरेका हुन् ।
उद्धघाटन कार्यक्रममा निवर्तमान भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहराको पनि सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री धामीले सिगासको विकासका लागि आफु प्रतिवद्ध रहेको बताए । यहाँको पर्यटन र उद्योघ क्षेत्रको योजना बनाउन नागरिकहरुलाई आग्रह गर्दै त्यसमा प्रदेश सरकारले सहयोग गर्ने बताए । प्रदेशर सरकाले अब अनुदान नदिने भन्दै मन्त्री धामीले अब सहकार्य गरिने बताए ।
आर्थिक वर्ष २०७७÷७८ बाट सुरुभएको खानेपानी योजना २०७९÷८० मा सम्पन्न भएको हो । खानेपानीको समस्या भोगिरेहका नागरिकहरु योजना सम्पन्न भएर पानीको आपुर्ति भएपछि खुसि भएका छन् । यो खानेपानी योजनाबाट १३७ घरधुरीका लाभान्वित भएका बताइएको छ ।
करिब २ किलोमिटर तल खोलाबाट सोलार लिफ्ट प्रविधिबाट पानी ल्याइएको पानीले लगनसहित ठुलीसैनी र हल्कासैनी गाउँका करिब १३७ घरपरिवारका लागि खानेपानीको सहज पहुँच पुगेको वडा नं ३ का वडा अध्यक्ष अमर सिंह धामीले बताए ।
उद्घाटन कार्यक्रममा मन्त्री धामीसँगै सुदूरपश्चिम प्रदेशकै निवर्तमान भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहरा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटी, शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थी लगायत स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।