कैलाली। कैलालीमा बाघको छालासहित २ जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२ रिङरोडबाट बाघको छालासहित बैतडीका २ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको संयुक्त टोलीले बैतडीको दोगडाकेदार गाउँपालिका–२ का ६५ वर्षीय देवसिंह बिष्ट र बैतडीकै पाटन नगरपालिका–८ का ३० वर्षीय हर्कबहादुर बिष्टलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइ भएको बाघको छाला बरामद भएको छ। पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।