बैतडी। बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीको १०० मिटर वरपर मध्यपान गरे ५ हजार सम्म जरिवाना गरिने भएको छ । सोमबार पञ्चेश्वर गाउँपालिका-१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीको व्यवस्थापन समितिको बैठकले धुम्रपान, मध्यपान गर्ने, स्वास्थ्यकर्मी र संस्थाको सुरक्षामा असर पर्ने काम गरे कारवाही हुने निर्णय गरेको हो।
स्वास्थ्य संस्था प्रमुख सुरेश सार्कीद्धारा हस्ताक्षरित सूचनामा स्वास्थ्य चौकीको १०० मिटर वरपर धुम्रपान गरे सुर्तीजन्य पदार्थ ऐन २०६८ अनुसार १०० सय जरिवाना हुने उल्लेख छ। यस्तै स्वास्थ्य संस्थाको १०० मिटर वरपर मध्यपान गरे पहिलो पटकमा १ हजार, दोस्रो पटकमा २ हजार ५ सय र तेस्रो पटक ५ हजार जरिवाना हुने उल्लेख छ। स्वास्थ्यकर्मी र संस्थाको सुरक्षामा असर पर्ने कार्य गरेमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संसोधन अध्यादेश २०६८ मा उल्लेख भए बमोजिमको सजाय हुने सूचनामा उल्लेख छ।