धनगढी : प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले प्रदेश सभा बैठक बहिस्कार गरेपछि अनिश्चित बनेको सुदुरपस्चिम प्रदेससभा बैठक राप्रपाकी खेमा विष्ट उपस्थित भएपछी सुरु भएको छ । पौने ९ बजे सुरु भएको बैठकमा छलफल चलिरहेको छ ।
प्रतिपक्ष विना बैठक चलाउदा नैतिक प्रश्न उठ्ने भएपछि विष्टलाई बैठकमा बोलाएर बजेट राति नै पास गरिने भएको छ । यसाघी सत्तापक्षलेनै बजेटको बिरोध गरेपछि प्रदेशसभा बैठक समेत बस्न सकेको थिएन । आज सत्तारुढ दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादीले बजेट पास गर्ने निर्णय गरेपछी बैठक अघि बढेको हो ।