डोटी। डोटीमा अटो दुर्घटना भएको छ। डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर २ बर्छैनमा अटो दुर्घटना हुँदा ३ जना घाईते भएका छन्।
आज शुक्रबार बिहान ११ बजेतिर बडीकेदार गाउँपालिका वडा नम्बर ४ को काउलेबजार देखि विपिनगर बजार तर्फ जाँदै गरेको म.प्रं ०३००२ स १७६९ नम्बरको अटो दुर्घटना भएको हो।
अटो दुर्घटनामा परी बडीकेदार गाउँपालिका वडा नम्बर ४ का बल्लेजुडीका बर्ष २४ का राम नेपालि बर्ष २४ की तुल्छा नेपाली र बर्ष ३ को मुस्कान नेपाली घाईते भएका छन्। घाईतेहरुलाई उपचारका लागी अस्पताल पठाइएको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भास्कर पन्तले बताएका छन् ।घाइतेहरु श्रीमान,श्रीमती र छोरी हुन । घटना के कारणले भएको हो भन्ने कुरा भने अहिले सम्म खुल्न सकेको छैन ।