बैतडी। बैतडीको सुर्नया गाउँपालिका वडा नं ५मा वडा सदस्य कर्णबहादुर बिष्ट र स्थानीयबीच कुटाकुट भएको छ। बैतडीको सुर्नया गाउँपालिकाको वडा नं ५ रडीगाउँमा योजनाको हिसाबका बिषयमा वडा सदस्य बिष्ट र अन्य स्थानीयबीच विवाद भएको हो।
विवादपछि वडा सदस्य बिष्ट हातपात गर्न तम्सिएका सामाजिक सञ्जालमा भिडियोमा देखिएको छ। उनको यो कार्यशैलीको अहिले व्यापक आलोचना भइरहेको छ। जनप्रतिनिधि नै यसरी कुटपीटमा उत्रिनु नराम्रो भएको भन्दै आलोचना भइरहेको हो। महिला समुहबाट निर्माण गरिएको सिँचाइ पोखरी योजनाको बिषयमा विवाद हुँदा वडा सदस्य बिष्ट कुटपिट गर्न उत्रिएका हुन्। उनले अशोभनीय रुपमा गालीगलौज समेत गरेका छन्।
उपभोक्ता समिति अध्यक्ष कलावती बिष्टले सिँचाइ पोखरी योजना निर्माणको साढे चार लाख आफूले वडा सदस्य बिष्टलाई बुझाएको तर आफूहरुको खर्च भएको रकम नदिएको आरोप लगाएकी छिन् । योजनाको हिसाबकिताब माग्दा आफूहरुमाथि वडा सदस्य कुटपीटमा उत्रिएका उनले बताइन् । यता वडा सदस्य कर्णबहादुर बिष्टले आफूमाथि हातपात गरेकाले आफू बाध्य भएर प्रतिकारमा उत्रेको बताए । आफूले योजनामा कुनै रकम नमागेको बताउँदैआफूमाथि हातपात गरेको भन्दै प्रहरीचौकीमा निवेदन दिएको उनले बताएका छन्।भिडियोसहित हेर्नुहोस् तल