डडेल्धुरा। डडेल्धुरामा भरुवा बन्दुक फेला परेको छ। बिहीवार साँझतिर डडेल्धुराको पर्शुराम नगरपालिका वडा नम्बर-५ मा सिद्धानाथ सामुदायिक वनभित्र बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको हो।
सिद्धानाथ सामुदायिक वनभित्र जोगबुढा वन उपभोक्ता समिति र स्थानियहरुले बोटबिरुवा वृक्षारोपरण गर्ने क्रममा एक नाले भरुवा बन्दुक बेवारिसे अबस्थामा फेला पारेका थिए। बन्दुक फेला परेपछि स्थानियहरुले प्रहरीलाइ जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई उक्त भरुवा बन्दुक बरामद गरि नियन्त्रणमा लिएको छ। प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान भईरहेको बताएको छ ।