डोटी। डोटीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। डोटीको के आई सिंह गाउँपालिका–४ कि ७२ वर्षीया निरन्जनादेवी भट्टको बिहिवार सर्पले टोकेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार सर्पले डसेपछि भट्टलाई उपचारका लागि अस्पताल ल्याइएको थियो।
उनको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा बेलुका करीव ५बजेर ३० मिनेटमा मृत्यु भएको भण्डारीले जानकारी दिए। आफ्नै घरको आँगनमा बसेर छोरीसंग फोनमा कुराकानी गरिरहेका बेला उनलाई सर्पले टोकेको उनका आफन्तहरुले जनाएका छन्।