धनगढी। धनगढीमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका लागि विद्युतीय गाडी हस्तान्तरण गरिएको छ। धनगढी उपमहानगरको १९सै वडाबाट वडा क्लिनिक सेवालाई थप प्रभावकारी बनाउन उपमहानगरले विद्युतीय गाडी खरिद गरेर आज स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको हो।
वडा क्लिनिक’ प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन भइरहेको छ। १५ सिट क्षमताको विद्युतीय गाडी वडा क्लिनिकका लागि खरिद गरिएपछि औषधि ढुवानीका साथै विशेषज्ञ चिकित्सकले वडा/वडामा गएर सेवा गर्न सहज हुने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। उनले यसअघि नगरप्रमुखले आफु चढ्ने गाडी उपलब्ध गराएको भएपनि सिट क्षमता कम हुँदा थोरै समस्या रहेकोमा अब १५ सिट क्षमताको गाडीले सहज हुने बताए।
उक्त विद्युतीय गाडी नै उपलब्ध गराएपछि आजैदेखि वडा नम्बर ८ बाट काम सुरु गरिएको छ। उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफु चढ्ने गाडी नै स्वास्थ्य शाखालाई हस्तान्तरण गरेर विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सञ्चालनको सुरुवात गरेका थिए। यस्तो सेवा सुरु भएपछि विशेषज्ञ चिकित्सकीय सेवाका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल आउनुपर्ने बाध्यता कम भएको छ।
उपमहानगरको नीति र कार्यक्रममा प्राथमिक योजनामा रहेको वडा क्लिनिक सेवा गत वर्षको पहिलो दिनमा नै नगर प्रमुख हमालले सुरु गरेका थिए। विशेषज्ञ वडा क्लिनिक सेवाको उद्घाटन तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए। तत्कालिन मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरले सुरु गरेको महिनामा एक दिन एक वडामा विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालनको सिको सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहलाई गर्न आग्रह समेत गरेका थिए। नगर प्रमुख हमालले स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउने र सुधार गर्ने हो भने विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालनले ठूलो मद्दत पु¥याउने बताए।
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ साझेदारी योजना‘आफ्नो कार्यकालको बाँकी चार वर्ष निरन्तर सञ्चालनमा रहने बताए। उनका अनुसार दुई फिजिसियन र स्त्रीरोग विशेषज्ञ डाक्टरको मासिक २/२ लाखका दरले चिकित्सकीय शुल्क भाटभटेनी सुपर मार्केटले पाँच वर्षसम्मका लागि बेहोर्ने सम्झौता धनगढी उपमहानगरसँग गरेको छ। ‘ग्रामीण महिलाहरू स्वास्थ्य सेवा पहुँचबाट टाढाकाले अब‘प्रसूति तथा स्त्रीरोग विशेषज्ञ वडा क्लिनिकमा रहेको नगर प्रमुख हमालले बताएका छन्। यस्मा सबैले सहयोग गर्नुपर्ने उनले जोड दिएका छन्।