बैतडी। बैतडीका युवा पत्रकार सुरज महराको काठमाडौंमा मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका–४ घर भएका पत्रकार महराको काठमाडौंमा मंगलवार मृत्यु भएको हो। महरा विगत केही महिनादेखि छाला सम्बन्धी रोगबाट पीडित थिए।
२ महिनादेखि काठमाडौंमा उपचार गराइरेका उनको एक्कासी मंगलवार मृत्यु भएको सहकर्मी मनमोहन विस्टले बताए। १८ वर्षीय महरा बैतडीकै ‘खबरथली’ नामक अनलाइनमा कार्यरत थिए।प्राबिधिक क्षेत्रका बिद्यार्थी समेत रहेका महरा कृष्ण मावि पाटनको कम्प्युटर इन्जिनियरिङ डिप्लोमा तहको पाचौं सेमेष्टरमा अध्ययनरत थिए।