बैतडी। बैतडीमा शिक्षक धनबहादुर विष्टको हत्या प्रकरणका अभियुक्त दम्पतीलाई जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला सुनाएको छ।
बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक विष्टको हत्या घटनामा संलग्न भनिएका दम्पतीलाई जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला सुनाएको छ। शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरा र उनकी श्रीमती २२ वर्षीया श्रीमती विमलालाई ६ वर्ष कैदको फैसला सुनाइएको हो।
बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले प्रजालाई २५ वर्षका लागि जन्मकैद र उनकी श्रीमती विमलालाई ६ वर्ष कैद सजाय सुनाएको हो। सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए। शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।