बैतडी। बैतडीको एक औषधि पसलमा नक्कली स्वास्थ्यकर्मी बनेर विरामीलाई सुई लगाइरहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।श्यामा क्लिनिक नामक पसल खोलेर बसेकी श्यामा साहलाई प्रहरीले सुई लगाउँदै गर्दा पक्राउ गरेको हो।
उनीसँग स्वास्थ्यकर्मी बन्न आवश्यक शैक्षिक तथा अन्य कागजात नभएको बैतडी प्रहरीले जनाएको छ।पुख्र्यौली घर जनकपुर भए पनि विगत १७ वर्षदेखि बैतडीमा बस्दै आएकी श्यामाले नै बिरामीको रगतसमेत परीक्षण गर्ने गरेको बताइएको छ। श्यामा पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती हुन् । जिल्ला प्रशासन कार्यालयले गत २ जेठमा मेडिकल सिल गरेको थियो ।