अत्तरिया। कैलालीको अत्तरियामा नबनिर्मित नमस्ते ब्याटमिन्टन इन्डोर कोर्ट भोली देखी सन्चालनमा आउने भएको छ। नमस्ते होटेलले सुबिधा सम्पन्न खेल मैदान निर्माण गरेको हो । आज पत्रकार सम्मेलन गरेरे कोर्टको बारेमा जानकारी दिएको हो।
नमस्ते ब्याटमिन्टन इन्डोर कोर्टका सन्चालक लक्ष्मण धामी करिब २५ लाखको लगानीमा अत्याधुनिक कोर्ट बनाएको बताए। उनले रास्ट्रिय स्तरमा बनेका कोर्टहरु कै मापदण्डमा बनाइएको दाबी गरे । निजी क्षेत्रबाट ठुलो लगानीमा ब्याटमिन्टन इन्डोर कोर्ट निर्माण भएको भएपनी स्थानिय सरकारले अब खेल क्षेत्रमा लगानी बढाउनु पर्ने उनको भनाई रहेको छ। सोही कार्यक्रममा बोल्दै गोदावरी-२ का वडा सदस्य एबम ब्याटमिन्टन खेलाडी देबराज भट्टले यस क्षेत्रमा ब्याटमिन्टन खेलको प्रभाब राम्रो हुँदै गएको र इन्डोर खेल मैदानको अभाब भएकाले अब सहज हुने बताए ।
उनले भने, बिगत केही बर्ष यता घर घरमा खेलाडीहरु कोर्ट बनाएर खेल्ने गरेका छन । अब यो मैदान बनेपछि सबै मौसममा खेल्न सहज हुन्छ। यसको बहुप्रयोग पनि गर्न सकिन्छ। खेल मैदान बनेपछि यस क्षेत्रका खेलाडी र बिधालयले पनी खेल मैदान प्रयोग गर्न सक्ने सन्चालक धामीको भनाई रहेको छ। नम्स्ते होटेलकै अगाडी खेल मैदन बनेको हो। इन्डोर कोर्ट निर्माण भएपछि जाडो, गर्मी र हुरी बतासको समयमा पनि सधैं खेल्न सहज हुने भएको छ ।