बैतडी। बैतडीमा घाँस काटने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। बैतडी पाटन नगरपालिका वडा नम्बर २ ठलकुडा की ४० वर्षीय लक्ष्मी ऐरको घाँस काटने क्रममा लडेर मृत्यु भएको हो।
शनिबार दिउँसो साढे ३ बजेतिर बैतडी पाटन नगरपालिका २ ठलकुडास्तीत महारुद्र भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानियले बताएका छन्। बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार ऐर लडेर २५० मिटर तल खसेकी थिइन्। मृतकका श्रीमान् रोजगारीको शिलसिलामा भारतमा छन्।