डोटी। डोटीमा पानी ट्याङकीमा डुबेर एक बालकको मृत्यु भएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका–५ गैरागाउँ टोलका अम्मर मलासीको छोरा १० वर्षीय दिपेश मलासीको मृत्यु भएको प्रहरीले जनाएको छ। अस्पतालको पानी जम्मा गर्ने ट्याङकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
दिपेश घरबाट निस्की हराएकोमा खोजतलास गर्ने क्रममा सोही ठाउँमा निर्माणाधिन अवस्थामा रहेको सरुवा रोग नियन्त्रण अस्पतालको पानी जम्मा गर्ने ट्याङकीमा डुबीरहेको अबस्थामा मृत फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।