धनगढी। धनगढीको माया मेट्रो अस्पतालमा अत्याधुनिक उपकरणसहित २० बेडको आइसियु सेवा संचालनमा ल्याएको हो । अस्पतालले थप सेवा सुबिधालाई बिस्तार गर्ने उदेश्यसहित बिहिबारबाट अत्याधुनिक उपकरण ICU, PICU र Isolation ICU सेवा संचालनमा ल्याएको हो।
बिहिबारबाट बिधिवत पुजा आजा गरी संचालनमा आएको छ।अस्पतालका संचालक तथा अध्यक्ष धिरेन्द्र सावदले सो सेवा सञ्चालनमा आएपछि नवजात शिशु र बृद्धहरुकालागि निकै उपयोगी हुने जानकारी दिए। अस्पतालमा यस भन्दा पहिले ७ बेडमा संचालनमा रहेको आइसियु हाल २० बेडमा पुर्याउँदा बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको उनले बताए ।
उनले भने, प्रयाप्त आइसियु बेडको कमीले उपचार सम्भव भएका बिरामीहरुलाई पनि बेड उपलब्ध गराउन नसकेर फिर्ता पठाउनु पर्ने समस्या आईरहने भएकोले उक्त समस्याको सामाधान भएको र सेवा ग्राहीहरुलाई सधै उपचार दिन सक्ने गरी सेवा संचालनमा आएको कुरा अस्पतालका अध्यक्ष सावदले जानकारी दिए।
अस्पतालको सेवालाई समयानुकुल आधुनिकीकरण तथा प्रविधियुक्त बनाई बिरामीहरुले गुणस्तरीय स्वास्थ्य सेवा पु–याउनु पर्ने आवश्यकता भएकोले २० शैय्याको आइसियु कक्ष देशकै ठुलो ICU Unit मा पर्दछ । जस्मा २ वटा Isolation ICU कक्ष उपलब्ध गरेको छ। आईसियुमा जन्मजात शिशु देखि बृद्धलाई प्रयोग हुने १० ओटा भेन्टिलेटर सहितको अत्यधुनिक उपकरण जडित कक्षहरु सँगै सरुवा रोग लागेका बिरामीबाट अन्य बिरामीलाई बचाउन/सुरक्षित राख्नमा Isolation ICU को भुमिका रहने भएकोले सुदूरपश्चिममै अत्याधुनिक आइसियु युनिट स्थापना गरेको कुरा अस्पतालले जनाएको छ।
हाल मायामेट्रो अस्पतालले हाल संचालन गर्दै आएका सेवाहरु
- २४ घण्टे आकस्मिकतथा ट्रमा सेवा
- २४ घण्टे फार्मेसी सेवा
- Cancer Screening, FNAC तथा Biopsy सहितको Pathology सेवा
- विशेषज्ञ ओ.पि.डी. सेवा
- नवजाततथाबालरोग सेवा
- ICU/NICU/PICU/MICU सेवा
- MD Internal Medicine वाट Physician सेवा
- न्यूरो सर्जरी सेवा ( टाउकोमा चोट पटक, मष्तिस्कमा रगत जमेको, बच्चाको मष्तिस्कमा ब्रेन ट्युमर ,मेरुदण्डको चोट, स्पाइनको ट्युमरको ) शल्यक्रिया
- मुटुको रोग सम्बन्धिसेवा
- TMT, ABPM, HOLTER, Echo तथा ECG सेवा
- यूरोलोजी सेवा(Prostate मामासु पलाएको शल्यक्रिया, पिसाब नली तथा मिर्गैला कोनलीमा(PCNL/super mini PCNL/mini PCNL) भएको पथरीदुरबिन प्रबिधि बाट शल्यक्रिया सेवा
- दुरबिनप्रबिधिबाटतथाविना दुरबिनसल्य चिकित्सकिय सेवा
- स्त्री प्रसुतितथाबाझोपन सेवा
- एनेस्थेसियातथा क्रिटिकल उपचार सेवा
- हाड जोर्नी तथानशा रोग सेवा
- नाक ,कान ,घाटीतथा हेड एण्ड नेक सर्जरी सेवा
- मानसिक रोग सम्बन्धित सेवा
- दन्तचिकित्सकिय सेवा
- यौन, छाला,सौन्र्दर्य तथा कपाल प्रत्यारोपण सेवा
- फिजीयोथेरापी सेवा
- क्यान्सर सेवातथा परामर्श
- MRI तथा अत्याधुनिक CT Scan(64 Slice) सेवा
- बतानुकुलित OPD तथा AC Deluxe Cabin सहितको सेवा
- अत्याधुनिक Video x-ray तथा Digital x-ray सेवा
- Online Appointment सेवा
- Online Payment सेवा