बाजुरा। बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हाकिम रंगमल विकलाई ज्यान मार्ने धम्की दिइएको छ। बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकलाई ज्यान मार्ने धम्की आएपछि उनले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्।
उनले बुधवार बडीमालिका नगरपालिका वडा नम्मर ६ का वडा अध्यक्ष किष्ण खड्काले गोली हानेर मार्ने धम्की दिएको भन्दै प्रशासनमा उजुरी दिएका हुन् । मेयर साप, ६ नम्बरको वडाध्यक्ष र ७ नम्बरको वडाध्यक्ष तीनै जना रहेका बेला खड्काले काम गरेको भुक्तानी दिनुपर्ने भनेका थिए। त्यसपछि प्रमुख प्रशासकिय अधिकृत विकले प्रक्रियामा नआएकालाई समस्या हुने र कर्मचारीलाई प्रक्रियामा नआएकालाई दबाब दिन नसक्ने बताएका थिए।
खड्काले पुनः मेरो यति रुपैया भुक्तानी दिनुस्। नभए, गोली हानेर मार्छु भन्नु भयो। मेयर साप नभएको भए मार्ने। दुई पटक हान्न आउनु भएको हो’ प्रमुख प्रशासकिय अधिकृत विकले बताए । उनले प्रक्रीयामा नभएका योजनाको भुक्तानीका लागि कर्मचारीहरु र जनप्रतिनिधीसँग छलफल गर्ने बताएपनि वडा अध्यक्ष किष्ण खड्काले यसको २० गते भित्र रकम भुक्तानी नगरे गोली हान्ने धम्की दिएका हुन्।
प्रमुख प्रशासकिय अधिकृत विकले आफुलाई नगरपालिकामा पटक पटक धम्काउने गरेको गुनासो गरेका छन्। उनले आफुलाई बडिमालिका नगरपालिकामा कार्यालय सहयोगीदेखि जनप्रतिनिधीहरुले धम्काएर ज्यान मार्ने धम्की पटक पटक दिदै आएको उनले बताए । उनलाई केहि दिन अगाडि कार्यालय सहयोगी खडक रानाले समेत ज्यान मार्ने धम्की दिएका थिए।
बडिमालिका नगरपालिकाको १३ औँ नगरसभामा धेरै महगो र धेरै ठुलो खसी किन चाहिँयो भन्दा उल्टै प्रमुख प्रशासकिय अधिकृत माथी अपशब्द प्रयोग गर्दै कार्यालय सहयोगी राना लगायत अन्य व्यक्तिहरुले ज्यान मार्ने धम्की दिएका हुन्। यसको विषयमा नगरप्रमुख अमर खड्काले पनि बेवास्ता गरेका कार्यकारी अधिकृत विकले सामाजिक संजाल फेसबुकमा दुखेसो पोखेका छन्। सो विषयमा जानकारी लिन खोज्दा वडा अध्यक्ष तथा नगर प्रमुख खड्काको फोन उठेन् । कार्यकारी प्रमुख विकको फेसबुक स्टाटस यस्तो छ ?
घरमा एउटा सानोतिनो टिभी छ कहिलेकाही समाचार , बहस कार्यक्रम ,साउथ हिन्दी फिलिम ,नेपाली सिरियल ,रेष्लीङका साथै Animal planet हेर्ने गर्दछु समाचारले राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्थाको जानकारी पाउछु,बहस कार्यक्रमले कुनै विषयको जानकारी तथा निष्कर्ष आभास हुन्छ ,साउथ भुमि हेर्दा कसैकाे कथा कसैको व्यथा आभास हुन्छ,रेष्लिङ हेर्दा खेल प्रतिकाे खेलाडीकाे माेह र आत्मरक्षा , Animal planet हेर्दा प्रकृतिको नियम हाेकी या वातावरणीय पर्यावरण हाे एक जीवजन्तू ले अर्काका लागि बाचेजस्ताे , निर्धाले अर्काकाे आहारा हुनु पर्ने, कमजोर प्रणाणीले आफ्नो बच्चा समेत स्वतन्त्र रुपले जन्माउन र बाच्न नपाउने , कहिलेकाही ग्रुपमा एकता भयाे भने दुष्मनलाई पनि पराष्त गर्ने,सिंह वा हिंस्रक जनावरले निर्धा जनावरको अबाेध बच्चा भेटाएमा खेलाउने अन्तिममा आहारकाे रुपमा लिने यस्तै राेचक दृष्यहरु छन व्याख्या गरि सकिदैन त्यस्तै नेपालकाे संघीयता कार्यान्वयन अवस्थामा अनुभव लिदा र भाेगाईमा स्थानीय तहका कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतको पनि जीवनको र जागिरको कुनै ग्यारेन्टी छैन जस्काे शक्ति छ उसको भक्ति छ ,कानुनका कुरा गर्ने कर्मचारी कानुनका नजरमा त ठिकै हाेलान तर कानुन विपरीत काम गर नत्र कुटपिट गर्छु मार्छु गाेली हान्छु भन्नेले कानुनका कुरा गर्दा राम्रो लागदैन हाेला राष्ट्र राज्य कानुन विधि विधानले चल्नु पर्छ नत कुनै व्यक्तिको लहट वा ईच्छा ले चलाेस कसैको व्यक्तिगत स्वार्थपूर्तिका लागि हामी कर्मचारीलाई काम गर्ने छुट छैन व्यक्तिगत स्वार्थका लागि ज्यान मार्ने धम्की दिने लाई नेपालकाे कानुन अनुसार कार्वाही हाेस मेराे अनुराेध यहि छ । संरक्षकले पनि संरक्षण नगरी माैन बसेकाे देख्दा पनि दुःख लागेर आउँछ, काम गर्ने जाेशजागर हरायर जान्छ । सार्वजनिक संस्थाको विकास सवैकाे समन्वय र सहकार्यवाट हुन्छ नकि एक्लैले गर्न सकिन्छ नेपाल सरकारलाई मेराे अनुराेध कि त चक्रिय प्रणालीमा सरुवा हाेस नत्रभने स्थानीय तहमा समायोजन तथा सिफभएका कर्मचारीकाे ज्यु ज्यानको सुरक्षाको ग्यारेन्टी हाेस ।