बैतडी। बैतडीमा डेढ तोला सुन लगेर एक महिला सम्पर्क विहिन भएकी छिन्। बैतडीको पुर्चौडी नगरपालिका वडा नं ६ रपनाका बिमल धानुककी श्रीमती डम्बरा धामी धानुक २ दिन देखि सम्पर्क विहिन भएकी हुन्।
उनका ससुरा जनक बहादुर धानुकले बुहारी १० गते राति देखि सम्पर्क विहिन भएकी बताए। राति खाना खाएर सुतेकी बुहारी विहान नभेटिएकी उनले बताए।
छोरा भारत भएका बेला बुहारी सुन सहित लत्ताकपडा लगेर सम्पर्क विहिन भएकी र माइति घरमा पनी नआएको खबर पाएको उनले बताए। उनले कसैले देखेमा नजिकको प्रहरी, अथवा ९८६८७२४८२३ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन्। साथैखोजिका लागि ढोल्यामोड प्रहरीचौकीमा निवदेन समेत दिएको बताए।