धनगढी। कैलालीको गोदावरी नगरपालिका मालाखेती घर भई अमेरिकाको टेक्सासमा बस्दै आएका दिपेन्द्र जोशी अज्ञात समूहको गोली प्रहारबाट घाईते भएका छन् । ६ वर्षअघि डिभी परेर अमेरिका गएका जोशी टेक्सासको युलेसस्थित ग्याँस स्टेशनमा म्यानेजर पदमा कार्यरत रहेका छन्।
स्टेशन बन्द गरेर डेरामा फर्किने क्रममा जुन ६ को राति ११: ३० बजे अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। जोशी अज्ञात समूहको गोली प्रहारबाट गम्भीर रुपले घाईते भए। अज्ञात समूहले १२/१३ राउण्ड गोली प्रहार गरेको भएपनी जोशीलाई दुई वटा गोली दाँया हातमा लागेर गम्भीर घाईते भए।
अज्ञात समूहको आक्रमणबाट ज्यान जोगाएका जोशीलाई तत्कालै उद्दार गरी युलेसको अस्पतालमा भर्ना गरि अप्रेशन गरियो। तर उनको दायाँ हातको हड्डी पूर्ण रुपमा क्षतिग्रस्त भएको र हातमा स्टिलको रडले सपोर्ट राखिएको छ। अस्पतालका चिकित्सकलेहड्डी पूर्ण रुपमा क्षतिग्रस्त भएकोले जोडिने संभावना नभएको बताएका छन्। अप्रेशन गरेर स्टिलको सपोर्टमा हड्डी जोड्नु पर्ने भएकोले कम्तिमा ४/५ महिना बेड रेष्ट गर्नुपर्ने सुझाब दिएका छन्। उपचारका लागि सहयोग गर्न सबै नेपाली समुदाय सँग उनकी श्रिमती तनुजा बिनाडी जोशीले आग्रह गरेकी छन्।