डोटी। डोटीको शिखर नगरपालिकाले ६४ करोड बढीको बजेट ल्याएको छ। नगर सभाको १४ औं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक बर्ष २०८०/०८१ का लागी ६४ करोड ८७ लाख ४० हजारको बजेट प्रस्तुत गरिएको हो।
नगर सभाको १४ औं अधिवेशनको तेस्रो बैठकमा नगर उपप्रमुख सुनिता रावल जोराले आर्थिक बर्ष २०८०/०८१ को सभामा पेश गरेकी हुन्। बार्षिक नीति तथा कार्यक्रम नगर प्रमुख दिर्घ बहादुर बलायर र उप प्रमुख सुनिता रावल जोराद्धारा सभामा प्रस्तुत गरिएको बजेट सर्बसम्मत रुपमा पारित गरेका हुन्।