बैतडी। बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले आगामी आर्थिक बर्षको बजेट नगरसभामा पेश गरेकी हुन्।
नगरपालिकाले आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासन लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता अजबहादुर पाण्डेले जानकारी दिए । नगरपालिकाले पूँजीगततर्फ ११ करोड विनियोजन गरेको छ भने चालु खर्चतर्फ १३ करोड ४० लाख २८ हजार ८८९ रुपैंया बजेट विनियोजन गरेको छ ।
यस्तै आर्थिक विकासतर्फ ७५ लाख विनियोजन गरेको नगरपालिकाले सामाजिक विकासतर्फ ४ करोड ६० लाख विनियोजन गरेको छ । यस्तै पूर्वाधार विकासतर्फ १ करोड ६६ लाख विनियोजन गरेको नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख विनियोजन गरेको प्रवक्ता पाण्डेले बताएका छन् ।