काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव विकास सूचकांकामा पछि परेका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई विशेष प्राथमिकतमा राखी बजेट विनियोजन गरिएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा सांसद अमरेशकुमार सिंहले उठाएको प्रश्नमा जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले मानव विकास सूचकांकमा पछि परेका प्रदेशलाई विशेष प्राथमिकतामा राखको र स्रोत साधनको न्यायपूर्ण विनियोजन गरिएको बताए । प्रतिनिधि सभाका सांसदसँगको प्रश्नोत्तरमा उनले त्यस्तो बताएका हुन्। ‘मानव विकासका सूचकांकमा पछि परेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत साधनको न्यायपूर्ण विनियोजन गरिएको कुरा पनि मस्पष्ट गर्न चाहन्छु,’।
सांसद सिंहले उठाएका प्रश्नको उत्तरदिँदै उनले भने, ‘राज्यको सम्पूर्ण संरचनालाई समावेशी बनाउँदै, समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रयत्नशील पनि प्रतिबद्ध पनि छ।’ उनले उही अनुसार कानुनी, नीतिगत सुधारलाई निरन्तरता दिने कुरामा सरकार स्पष्ट रहेको पनि बताए। २०७४ सालमा टीकापुरको जयगौरी निर्माण कम्पनीका सञ्चालक तपेन्द्र शाहलाई छ महिनाभित्र निर्माण कार्य सक्ने गरी सो सडक कालोपत्रेको जिम्मा दिइएको थियो। जनप्रतिनिधि आइनसकेको तत्कालीन समयमा ठेक्का लिएका शाहले कोलोपत्रेका लागि बेस तयार गरेर काम अलपत्र छोडेका थिए।