धनगढी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ। भक्तपुरको लोकन्थली बस्दै आएका चन्दकी पत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो।
बिहीवार राति उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।चन्द लामो समयदेखि पक्षघतबाट पीडित रहेको पारिवारिक स्रोतले जनाएको छ। उच्च रक्तचाप, पक्षघातलगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शुक्रबार बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।
बैतडीको सुर्नाया गाउँपालिका कुरकुट्या पुर्ख्यौली घर भएका पूर्व प्रधानमन्त्री चन्दाको धर्मपत्नी दिव्यश्वरीबाट दुई छोरा र एक छोरी छन्। चन्दको आज शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ।