डोटी। नेपाल कम्युनिस्ट पार्टीले सुदुरपश्चिम प्रदेश सरकारले डोटी जिल्लालाई न्युन बजेट बिनियोजन गरेको भन्दै आपत्ति जनाएको छ । विप्लब नेतृत्वको नेकपा जिल्ला संगठन समितीका इन्र्चाज बिमल सिले प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश सरकारले बिनियोजन गरेको बजेटले डोटीलाई अपमान उल्लेख गरेका छन् ।
उनले विज्ञप्ती जारी गर्दै सुदुरपश्चिम प्रदेश सरकारले हालै प्रदेश सभामा प्रस्तुत गरेको बजेट प्रती हाम्रो पार्टिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । बजेटलाई हेर्दा जनआवश्यकता भन्दा पनि दलाली कमिसन र भोट बैँकका रुपमा बाडफाड गर्ने देखिएको बताएका छन्। यस प्रदेशबासी सबैले समानरुपले कर तिर्छन तर सरकारले डोटी जिल्लाका जनतालाई सौतेनी ब्यवहार गर्दै थोरै बजेट बिनीयोजन गरेको छ।
यस्तो अपमान र विभेद पुर्णकार्यको डोटेली जनताको तर्फबाट नेपाल कम्युनिस्ट पार्टी खेद प्रकट गर्दछ, विज्ञप्तीमा भनिएको छ । समानताका आधारमा न्यायोचित बजेट बाँडफाँड गराउन पहल गर्न सम्पुर्ण जनप्रतिनिधी र प्रदेशसभा सदस्यहरुलाई हार्दिक अपिल गरिएको छ। साथै बजेट नसच्याई जस्ताको त्यस्तै पास भएमा नेपाल कम्युनिस्ट पार्टी जनसंर्घष गर्न बाध्य हुने नेकपा जिल्ला संगठन समितीका इन्र्चाज बिमल सिले प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन्।