धनगढी। सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्रीको गाडी दुर्घटना भएको छ। सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको गाडी बझाङ्गमा दुर्घटना भएको हो।
सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।दुर्घटनामा परि मन्त्री सिंह सहित ५ जना घाइते भएका छन्। मन्त्री सिंह बेहोस छन।
खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ।दुर्घटनामा परि मन्त्री सिहंकि श्रीमती अम्रिता देवी सिंह,चालक धर्मराज जोशी,पियसो (प्रहरी सहायक हवल्दार) डम्बर भण्डारी र मन्त्री सिंहकी आफन्त जानकी देवी सिंह दुर्घटना परि घाईते भएकी छन। मन्त्री सिंहकी श्रीमतीको कान बाट रगत बगीरहेको प्रहरीले बताएको छ। बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ।सुदुरपस्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटना स्थलमा प्रहरी टोलि गएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।