धनगढी। धनगढी उपमहानगरपालिकालाई राफ्ट बोट हस्तान्तरण गरिएको छ। सुपर परियोजना अन्तरगत युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडिपी,नेपाल रेडक्रस,युएन ओमन युनिसेफले बिपद् पुर्वतयारी जोखिम न्युनिकरण सम्बन्धी काम गरिरहेको छ। सोही अन्तरगत सुपर परियोजनाद्वारा उपमहानगरपालिकालाई राफ्ट बोट हस्तान्तरण गरिएको हो।
सुपरपरियोजना अन्र्तगत बिपद् पुर्वतयारी जोखिम न्युनिकरण गर्न उपमहानगरपालिकाको अनुरोधमा युएनडिपीले राफ्ट बोट हस्तान्तरण गरेको हो। युएनडिपी सुदुरपश्चिम प्रदेश प्रमुख वैजन्ती गिरी सिंहले ९ लाख ८४ हजार मुल्य बढीको राफ्ट बोट हस्तान्तरण गरिएको बताईन्। राफ्ट बोट सहयोग भएकाले बिपद् जोखिम न्युनिकरण गर्न उपमहानगरपालिकालाई थप सहज हुने उनले बताईन् । यसभन्दा अगाडी पनि युएनडिपीले उपमहानगरपालिकालाई १८ लाखबढीको उपकरणहरु पनि सहयोग गरिसकेको उनको भनाई छ।ग्रामिण क्षेत्रमा नदीनाला, तलाउ भएकाले बर्षातमा बाढी तथा डुवानको समस्या भएकाले धनगढी उपमहानगरपालिकालाई सहयोग हुने नगरप्रमुख गोपाल हमालले बताए । उनले बिगत बर्खायाममा सो सामाग्री नहुदा बिपद्मा परेकालाई सहयोग गर्न सास्ती हुने गरेकोमा सुपरपरियोजनाले बर्षात हुनु भन्दा अगाबै पुर्वतयारीका सामाग्री हस्तान्तरण गरेकोेमा राहात मिलेको बताए । दिनमा भन्दा रातीको समयमा भैपरी जोखिम आउने भन्दै १०–१० जनाको टोलि तयारी अवस्थामा खटिएका छन्। राफ्ट बोटबारे जनताहरुलाई सहयोग गर्न नगरप्रहरीलाई सशस्त्र प्रहरीद्धारा १ साताका लागी तालिम दिईने व्यवस्था समेत गरिएको बताए । उपमहानगरपालिकामा २० जना नगरप्रहरीद्धारा रात्रीकालिन सेवामा परिचालित गरिएका छन् । बिपद् जोखिम न्युनिकरणका लागी उपमहानगरपालिकामा दमकल,जेसिबि,एम्बुलेन्स समेत राखिएका छन् ।