बाजुुरा । बाजुरामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । मंगलवार साझ आएको अविरल वर्षा संगै चट्याङ पर्दा जगन्नाथ गाँउपालिका १ का ३१ वर्षीया युवक यमराज बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैंसी गोठालो गएको थिए ।
भैंसी गोठालो गएका उनको राती करिव ८ बजे रुखमा चट्याङ परेर ज्यान गएको प्रहरीको भनाई छ । घटना स्थल तर्फ प्रहरीको टोली राती १ बजे नै गईसकेको तर घटनास्थल सम्म भने अहिले नपुगेको बताइएको छ । थप बिवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।