धनगढी : कैलालीको गोदावरी नगरपालिका भित्रका विद्यालयमा ५ दिनका लागि विदा दिइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै जेठ २९ गते देखि असार १ गते सम्मका लागि विदा दिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीद्धारा जारी विदा सम्बन्धि सूचनामा गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भइ विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना भएकाले बर्षे र हिउँदे विदाबाट मिलान हुने गरी विदा दिइएको उल्लेख छ ।
सूचनामा दादुरा र रुवेला खोपका लागि निर्धारित कार्यक्रम भने यतावत रहने जनाइएको छ । तराइका जिल्लामा अत्याधिक गर्मी बढेपछि पछिल्लो समय धमाधम विद्यालय बन्द हुन थालेका छन । कैलालीकै धनगढी उपमहानगरपालिका गौरीगंगा नगरपालिकाले भने आइतबार देखि नै विदा दिइसकेका छन ।