धनगढी। थारु भाषाको नयाँ गित सार्वजनिक भएको छ । थारु भाषाको गित पाउ के पायल २ सार्वजनिक भएको हो । गायक उमेश मुस्कान तथा गायीकामा अन्नु चौधरीले आवाज दिएको उक्त गितमा गीत तथा संगीत स्वयम उमेश मुस्कानकै रहेको छ । पाउ के पायल २ मा थारु पहिरनमा बिवाह संस्कृती सम्बन्धी बिषय बस्तुलाई समेटेको छ । सो बिषय बस्तुलाई समेटेर गित मार्फत देखाउन खोजीएको छ ।
एरेन्जमा केशव बडु, मिक्स/मास्टरिङमा कुमार राणा, रेकर्डिस्ट सुमन÷खुमान रहेको छ । भने स्टुडियो मारुनी रहेको बताइएको छ ।
भिडियो अभिनयमा कलाकारमा केकी अधिकारी, मुकुन्द जीसी रहेका छन् । यस्तै एमएयुएमा अनिता गौचा, निशा तिमिल्सिना, सिनेमेटोग्राफरमा प्रकाश खड्का र टोलीहरु, सम्पादन÷रङकार÷ग्राफिक्समा मिन रावल छन् । उत्पादन प्रबन्धकमा राजा राम सिम्खडा, कोरियोग्राफर÷निर्देशन बिक्रम चौहान (बी स्टार फिल्म्स) र साईराम पिक्चर्स प्रा.लि.बाट प्रसारण गरिएको छ ।