लिटल फ्लावर प्रिमियर लिग एलपीएल सिनियर क्रीकेट प्रतियोगिताको तयारी सुरु भएको आयोजकले जनाएको छ।आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स धनगढीले प्रतियोगिताको तयारी सुरु भएको बताएको हो। तयारी स्वरुप प्रतियोगितामा सहभागी हुन चाहने टिमहरुको लागि इन्ट्री खुला गरिएको छ।प्रतियोगिता कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता आयोजना हुने छ।तिहार लगत्तै प्रतियोगिता आयोजना गर्ने गरि आयोजक तयारीमा जुटेको छ।
प्रतियोगिताका सात ओटा संस्करण विद्यालय स्तरीय प्रतियोगिताको रुपमा संचालन गरेको भएपनि यो संस्करण देखि एलपिएल सिनिय( खुला) प्रतियोगिताको रुपमा संचालन गर्न लागिएको हो। देशभरबाट १६ ओटा क्रीकेट एकेडेमीहरु, कलेजहरु र आफ्नै क्रीकेट टिम भएका विद्यालयहरुले प्रतियोगिता मा सहभागिता जनाउन पाउने छन।
यो संस्करणको विजेतालाई २ लाख ५५हजार ५ सय ५५ र उपविजेतालाई १ लाख २८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार पाँच सय प्रदान गरिनेछ।प्रत्येक टिमले आफ्नो टिममा नेपालका रास्ट्रीय क्रीकेट खेलाडीहरु समेत समावेश गर्न पाउनेछन् ।
प्रतियोगिताको एचडी टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण गरिने छ।
प्रतियोगितामा सहभागी टिमहरुमध्येबाट सबैभन्दा अनुशासित टिमलाई फेयर प्ले ( Fair Play) टिम समेत घोषणा गरिने छ।
धनगढीमा सिनियर लेबलको क्रीकेट प्रतियोगिता नभईरहेको धेरै बर्ष भएकोले क्रीकेटको शहरमा क्रीकेटको क्रेज बढाउन सिनियर क्रीकेट प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका अध्यक्ष रामचन्द्र शाहीले बताउनुभयो।देशकै उत्कृष्ट सिनियर प्रतियोगिताको रुपमा एलपिएल लाई स्थापित गर्ने गरि आफुहरु तयारीमा जुटेको उनको भनाई छ।