धनगढी। एसपीए कलेज धनगढीको आयोजनामा सोमबार धनगढीमा सम्पन्न एसपीए हाजिरीजवाफ २०२२ को उपाधि स्टार प्रालि जितेको छ। स्टारका रोशन लाल अवस्थी, नबिन बुढा, पर्वत नाथ, मोहन जोशी र पवन ओलीको टोली प्रथम भयो । प्रथम टोलीले ५ हजारसहित सर्टिफिकेट प्राप्त गर्यो । यस्तै खापर इन्सिच्युटको टोलीले दोस्रो स्थान हात पार्यो।
खापरका मदन राज ओझा, करण धामी, राधागुर धामी, न्यूटन जोशी र सन्तोष सोतीको टोली दोस्रो भयो । टोलीले ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्यो। यस्तै रेडिकल इन्सिच्युटका चेतराज भट्ट, नयन भट्ट, गणेश ओझा, सन्तोष पाध्याय र झरना साउदको टोलीले तेस्रो स्थान हासिल गर्यो। टोलीले दुई हजार पाँच सयसहित प्रमाणपत्र प्राप्त गर्यो। त्यसैगरी प्लानेट भिटीले चौथो स्थान हात पार्यो। प्लानेट भिटीका पवित्रा बोहरा, राजेश नागरी, सलिन चन्द, सुवास भट्ट र निरन्जना साउद चौथो भए। सुदूरपश्चिमको शैक्षिक इतिहासको धरोहर एसपीए कलेजले यसैवर्ष आफ्नो रजत जयन्ती मनाएको थियो । देशकै उत्कृष्ट १३ कलेजभित्र पर्न सफल एसपीए कलेजले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पनि पाइसकेको छ। एसपीएको प्लस टूमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ह्युमानिटिज, इडुकेसन, ल र मास कम्युनिसकेसन पढाई हुँदै आएको छ । कलेजमा भर्ना हुन चाहने विद्यार्थीका लागि प्रि रजिष्ट्रेसन समेत खोलिसकेको प्लस टू कार्यक्रम संयोजक उषा साहुले जानकारी दिए।