बाजुरा। आमाको मृत्युपछि बाजुराको त्रिबेणी नगरपालिकामा एक शिशु सहित ६ भाइबहिनी अलपत्र परेका छन्। बाजुराको त्रिबेणी नगरपालिकामा १ छताराकी ३२ बर्षिय अस्मीता देबि दमाइको बच्चा जन्माएको २१ दिनपछि मृत्यु भएपछि १ महिनाकी छोरी सहित ६ भाइबहिनि अलपत्र परेका हुन् ।
बच्चा जन्माएको केहि दिनमा अत्याधिक रक्तस्रापपछि अस्मीताको उपचारका क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। आमाको मृत्युपछि १ महिनाकी छोरी अलपत्र परेपछि दुध किन्न पैसा नहुदा गाउँलेले दिएको दुध खुवाएर बाँचिरहेकि छन्। उनका श्रीमान मनराज दमाइ पनि अस्वस्थ छन्। उनि छोरीलाइ दुध खोज्न गाउँ डुल्ने गरेका छन्। गाउँलेले दिएको दुधले बहिनीलाइ बचाइरहेको दिदि शुशिला नेपालीले वताएकी छन् ।
भैसी किन्ने त धेरै टाढाको बिषय हो, दुध किन्न पैसा नहुदा निकै समस्या परेको शुशिलाले रुदै वताईन्। दुध नपाउँदा उनकी दिदीले आफ्नो हातको औला चुसाइरहेको दृश्य देख्न सकिन्छ । अस्मिताकि १ महिनाकी छोरी मात्र नभइ डेढ बर्षकि छोरी सिबानी नेपाली पनि खान नपाएर कुपोषित रहेकि छन्। सिबानीलाइ समेत दुध मागेर खुवाउनु परेको छ। कसैले दुध दिए दुबै बहिनीलाइ अलिअलि खुवाउने गरेको दिदि शुशिलाले वताईन् । डेढ बर्ष सिबानी र १ महिनाकी बालिकालाई दुध आबश्यक रहेको छ। अस्मिताको मृत्यु पछि उनका ६ वटा सन्तान अलपत्र रहेका छन् । अस्मिताको परिवारको नबस्ने घर छ, न खाने जमिन समेत नभएको गाउँलले वताएका छन् । उनिहरु सबै आफन्त नाता लाग्ने चन्द्रा दमाइको घरमा बस्दै आएका छन् । चन्द्रा पनि एकल महिला हुन् । अस्मिताकि छोरी जेठि शुशिला नेपाली १२ बर्षकि भइन्। त्यस्तै सुस्मिता ९ बर्ष, समीया ७ बर्ष, छोरा शिसिर ६ बर्षका रहेका छन् । त्यस्तै सिवानी डेढ बर्ष र कान्छि १ महिनाकी पुगिन्।
आर्थिक अभाब तथा बिपन्न भएकाले अस्मिताकि कुनै पनि छोरी बिद्यालय नजाने गरेका छन् । शुशिलाका ६ भाइबहिनी कुपोषित रहेका छन् । बैशाख २० गते छैटो सन्तानका रुपमा छोरी जन्माएकि अस्मितालाइ रक्तस्राप भएपछि आफन्तले ९ दिन पछि अछामको बयलपाटा अस्पताल लगेका थिए । त्यहाँ ठिक नहुने भन्दै सेति प्रादेशिक अस्पतालमा लगेका थिए । त्यहाँ उपचारका क्रममा मृत्यु भएको त्रिवेणी नगरपालिकाकि उपप्रमुख कमला जोशीले बताएकी छन्। ६ भाइबहिनीलाइ खान बस्न समस्या देखी लुगाकपडा समेत नभएको बताइएको छ । नेपाल बैंक लि. Fone pay : 9848644791 कमला न्यौपाने, त्रिवेणी नगरपालीकाकी उपप्रमुखको नम्बरमा सहयोगका लागी अपिल गरिएको छ । फोटो र भिडियो स्रोत:प्रकाश सिंह
https://www.facebook.com/100002012920974/videos/pcb.6300086670068368/919774722431045