बझाङ। बझाङमा २०७८ साल कार्तिक महिनामा आएको वाढीपहिरोबाट पीडित बनेकाहरुले हालसम्म पनि राहत नपाउँदा विचल्ली भएको छ । तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण जिल्लाभर ठुलोमात्रामा जनधनको क्षती भएको थियो ।
सो विपद्मा पीडित वनेकाहरुले हालसम्म पनि राहत नपाउँदा उनीहरु अहिले के खाने र के लगाउने भन्ने अवस्थामा पुुगेका छन् । बाढीले कमाइ खाने जमिन र बस्ने घर नै बगाएर विस्थापित गरेपछी सरकारको राहत कुरेर बसेका अधिकांस नागरिकहरुले हालसम्म राहत नपाउँदा विचल्ली भएको छ । विपद्बाट प्रभावित भएकाहरुको खाने बस्ने ठेगान नभएपछी भारत लगाएतका मुलुकमा पलायन हुनुपर्ने अवस्था समेत सिर्जना भएको छ । बाढीबाट प्रभावित भएको दुुई वर्ष पुुग्दा समेत आफुले कुुनै राहत नपाएको मष्टा गाँपालिका– १ जिन्नाडाका विष्णु थापाले गुनासो गरे ।
गाउँमा भएको कमाएर खाने करिब २० रोपनी सिंञ्चित जग्गा बाढीले बगाएपछी आफ्नो परिवार विचल्लीमा परेको थापाले बताए । लामो समयसम्म स्थानीय सरकार र प्रदेश सरकारबाट राहतको आस गरेपनी कतैबाट राहत नआएको उनको भनाइ छ । गाउँमा चुनाबको बेला भोट माग्न आएका जनप्रतिनिधीहरुले समेत झुुटो आश्वासन बाडेको बाढीपिडितको आरोप छ । चुनावको बेला घर जग्गा नभएकाहरुका लागी राहत उपलब्ध गराई दिगो व्यवस्थापन गर्ने भनेपनी पालिकाका अध्यक्ष उपाध्यक्ष र वडाध्यक्षले अहिले फर्केर नहेर्ने गरेको उनिहरुले बताएका छन् ।
यता मष्टा गाउँपालिका– १ का वडाध्यक्ष रामचन्द्र रोकायाले भने तत्काल नयाँ आएका जनप्रतिनिधीहरुले विगत लामो समयदेखी पीडित बनेकाहरुलाई राहत दिन सक्ने सामथ्र्य पालिका र वडाले राख्न नसक्ने बताए । पालिकामा धेरैको संख्यामा पिडीतहरु रहेका र न्युन वजेट भएका कारण राहत वितरण गर्न नसकिने वडाध्यक्ष रोकायाले बताए । आफु निर्वाचित भएर आएपछी सवै जनताहरुको कुरा सुन्ने तथा उनीहरुको व्यवस्थापनका लागी काम गरिहरहेको बताउँदै वडाध्यक्ष रोकायाले वडाभित्रका सवै नागरिकले समान रुपमा विकास र राहतको अनुभुती गर्न पाउने प्रतिवद्धता समेत व्यक्त गरे ।