धनगढी। धनगढी उपमहानगरपालीकामा प्रथम चैतन्य पाठशाला अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा बिभिन्न तौल समुहका खेलाडीहरु बिजयी भएका छन् । धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाको आयोजनामा भएको प्रथम चैतन्य पाठशाला अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा बिभिन्न तौल समुहका खेलाडीहरु बिजयी भएका हुन् ।
दुई दिनसम्म चलेको अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा धनगढी उपमहानगरका ४२ बिद्यालयको सहभागिता रहेको थियो। जस अनुसार छात्रा तर्फ २६ केजी तौल समुह मुनी धनगढी जुगेडा स्थीत शारदा माध्यमिक बिद्यायलयकी दिपिका थापा, यस्तै छात्रा तर्फ ३३ केजी तौल समुह मुनि धनगढी बेलीस्थीत राष्ट्रि«य माध्यमिक बिद्यायलयकी सञ्जु खड्का बिजयी भएकी छिन् ।
छात्रा तर्फ ३७ केजी तौल समुह मुनि केदारनाथ बिद्या निकेतन जुगेडाकी अमृता बोहरा बिजयी भएकी छिन् । छात्रा तर्फ ४१ केजी तौल समुह मुनि भवानी माबि धनगढीकी बर्षा कोली, छात्रा तर्फ ५१ केजी तौल समुह मुनि धनगढी जुगेडा स्थीत शारदा माध्यमिक बिद्यायलयकी शुष्मा नेपाली बिजयी भएकी छिन् । यस्तै छात्रा तर्फ ५५ केजी तौल समुह मुनि सिद्धनाथ माबिकी अरुणीमा चौधरी बिजयी भएका छन् । यस्तै छात्र तर्फ २५ केजी तौल समुह मुनि शारदा माध्यमिक बिद्यायलयका जुगेडाका अनमोल कुँवर बिजयी भएका छन्।
यस्तै छात्र तर्फ २९ केजी तौल समुह मुनि सिद्धनाथ माबिका रोशन जैशी,यस्तै छात्र तर्फ ३३ केजी केजी तौल समुह मुनिका सिद्धनाथ माबिकै दिपेश शाही बिजयी भएका छन् । छात्र तर्फ ३७ केजी तौल समुह मुनि बालबिहानीका जयन्त बिष्ट, छात्र तर्फ ४१ केजी तौल समुह मुनि चैतन्य पाठशालाका आर्यन खड्का बिजयी भएका छन् । यस्तै छात्र तर्फ ४५ केजी तौल समुह मुनिका सिद्धनाथ माबिका खगेन्द्र धर्तीमगर, यस्तै छात्र तर्फ ४८ केजी तौल समुह मुनि भवानी माबि जुगेडाका शाहिल बिक बिजयी भएका छन् ।