बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिकाले १ लाख बराबरका अखाद्य सामग्री नष्ट गरेको छ।पालिका भित्रका बजार अनुगमनका क्रममा भेटिएका अखाद्य सामग्रीहरु नगरपालिकाले नष्ट गरेको हो।पालिकाका मुख्य मुख्य बजारहरु अनुुगमनका क्रममा उक्त मात्रामा अखाद्य सामग्री बरामद गरिएको गाउँपालिकाकी उपप्रमुख बिना भट्टले जानकारी दिईन ।
उनका अनुसार अनुुगमनका क्रममा बरामद गरिएका करिब १ लाख मुल्य बराबरका सामग्रीहरु नष्ट गरिएको हो। उनले वडा नं ३ र ४ मा नियम विपरित सञ्चलनमा रहेका मदिरा पसलहरुबाट ८२ हजार जरीवाना असुल गरिएको बताईन । यस्तै नियम विपरित सञ्चालनमा रहेका तीन ओटा मदिरा पसल सिल गरिएका छन ।