काठमाण्डौँ। सुदूरपश्चिमका चर्चित देउडा गायक महेश कुमार औजीको स्वरमा रहेको “लैजा परान भाग १”गीत सार्वजनिक भएको छ। औजीकै शब्द तथा सङ्गीतमा रहेको उक्त गीत शनिबार देउडा दर्पण युट्युब च्यानल बाट सार्वजनिक भएको हो।
गायक महेश कुमार औजीले यो गीत माया प्रेम र बिछोड बेदना मा आधारित रहेको बताएका छन्। अहिले, लैजा परान भाग १ सार्वजनिक भएको उनले बताए। लैजा परान गितको चार पाँच भाग रहेको र गीत फरक फरक भएपनि शिर्षक चाहीँ एउटै रहने देउडा गायक औजीको भनाई छ। उक्त गितमा स्वर, शब्द,संगीत स्वयम महेश कुमार औजी,संगीत संयोजन कृष्ण बाजुराली, छायाँकार सुरेश श्रेष्ठ,सन्जिब खनाल रहेका छन्। यस्तै सम्पादकमा बिष्णु शर्मा, सम्पादक कक्षमा इ नेपाल खवर प्रा.ली रहेका छन्।
आगामी दिनमा अरु भाग पनि सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी दिएका छन्। देउडा गायक महेश कुमार औजीले आफ्नो सांगीतिक यात्रा २०५५ सालबाट शुरु गरेका हुन। लोकप्रिय गायक औजीले विशेष गरी आफ्ना गीतहरुमा स्वयं नै शब्द रचना र लय गर्दै आएका छन । यसैगरी उनले हालसम्म ५०० वटा गीतहरु बजारमा ल्याइसकेका छन्। पछिल्लो समयदेखि सुदूरपश्चिमको कला संस्कृतिलाई गीतहरूको माध्यमबाट जगेर्ना आइरहेको देउडा गायक औजीले बताए । यो गीतलाई पनि दर्शक तथा श्रोताको माया पाउनेमा विश्वस्त रहेको उनको भनाई छ।भिडियोसहित तल हेर्नुहोस्।