कञ्चनपुर। कञ्चनपुरमा ‘बुस्टर डोज’ लगाउनेको संख्यामा कमी आएको छ। कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ ‘बुस्टर डोज’को पहिलो र दोस्रो मात्रा लगाइएको जानकारी दिए।
नौवटै पालिकाका स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाइयोु, उनले भने, अहिलेसम्म चौथो खोप लगाइके फेरि पनि खोप आवश्यक भएकाले केन्द्रमा माग गरेका छौं। उनले खोप उपलब्ध भए आगामी जेठ दोस्रो सातापछि पुनः खोप अभियान सञ्चालन गर्ने योजना रहेको बताए।
यहाँ बुस्टरको पहिलो मात्रा सो अभियानका क्रममा १३ हजार सात सय ५८ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ। कोरोनाविरुद्धको खोप आइसकेपछि हालसम्म कञ्चनपुरमा चार लाख ४५ हजार ४२ जनाले त्यसविरुद्धको खोप लगाइसकेका छन्। त्यसैगरी तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।