बैतडी। बैतडीमा बलात्कार गरेको आरोपमा प्रकाउ परेका एक जनालाई कारागार चलान गरिएको छ । आफनै भतिजी नाता पर्ने १५ बर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिगास गाउँपालिकाका २२ बर्षीय युवकलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले अदालतको आदेशमा चैत्र २१ गते बिहीवार ती युवकलाई कारागार चलान गरिएको बताए। गएको पुस १५ मा घटना भएको थियो । पुस महिनामा घटना भएपनि पीडितको निवेदन पछि उनलाई चैत ३० गते प्रहरीले पक्राउ गरेको थियो। पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरेको थियो ।