धनगढी। सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री त्रिलोचन भट्टले नक्कली शरणार्थी प्रकरणमा प्रहरी किन एक्कासी कमजोर भएको भन्दै प्रश्न गरेका छन । उनले सामाजिक संजाल फेसबुक मार्फत उक्त प्रकरणमा सुरक्षा सल्लाहकार र सचिव पक्रिदा सम्म तिब्रगतीमा देखिएको प्रहरी एक्कासी किन कमजोर भयो भनेर प्रश्न गरेका हुन।
उनले पछिल्लो समय प्रहरी कमजोर देखिनु चासोको बिषय भएको बताएका छन्। उनले अगाडी लेखेका छन ‘दोषीहरुलाई कानुनको दाईरामा ल्याउनुपर्छ । सरकारले पछिहट्नु हुदैन ।’ उनले शुसासन दिने र भ्रष्टाचार नियन्त्रणका चर्का कुरागर्ने नयाँ पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता गरेको देख्दा सरकारलाई दबाबमा राख्नखोजेको बताएका छन । उनले सरकारको नेतृत्व दबाब झेल्न सक्ने स्वतंत्र निर्णय लिन सक्ने क्षमता राख्ने भएकोले आम नागरिकहरु चासो र विश्वासका साथ हेरिरहेको बताएका छन।