काठमाडौं। चालु आर्थिक वर्षको बैशाख महिनाको बीस दिनमा नै ११ सहकारी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले अनुसार चालु आवको बैशाख महिनाको २० गतेसम्म उक्त सहकारीलाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका सहकारीमा उत्तम सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, देउराली मल्टी प्रपोज को– अपरेटिभ, सन्ध्या बचत तथा ऋण सहकारी संस्था, मेगा ड्रिम मल्टीप्रपोज को–अपरेटिभ, नयाँ तारा बचत तथा ऋण सहकारी संस्था रहेका छन् । त्यस्तै, यस अवधिमा केन्द्रले माँ अम्बे सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, सुमार्ग बचत तथा ऋण सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, बुद्ध दर्शन टुरिजम को–अपरेटिभ, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, नारी नमुना बचत तथा ऋण सहकारी संस्थालाई पनि कालोसूचीमा राखेको हो ।
केन्द्रका अनुसार यस अवधिमा एउटै सहकारी तीन पटक सम्म कालोसूचीमा परेका छन। कालोसूचीमा परेको उत्तम सेभिङ एण्ड क्रेडिट को अपरेटिभको सञ्चालक दुर्गा राज न्यौपाने र लक्ष्मी श्रेष्ठ रहेका छन् ।त्यस्तै, देउराली मल्टी प्रपोज को– अपरेटिभका सञ्चालक पुजा खत्री र रविन्द्र चौलागाई रहेका छन । केन्द्रले सन्ध्या बचत तथा ऋण सहकारी संस्था लाई तीन पटक कालोसूचीमा राखेको जसका सञ्चालकमा खेम कुमारी राई, मन प्रसाद राई र रामकृष्ण उप्रेती रहेका छन् ।
त्यसैगरी, बैशाख महिनामा मात्रै तीन पटक कालोसूचीमा परेको मेगा ड्रिम मल्टीप्रपोज को–अपरेटिभका सञ्चालकमा एन्जिला खत्री, महाशंखर रेग्मी र रविन कुमार कार्की रहेका छन् भने नयाँ तारा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा विशाल केसी, कविता सुनुवार, रतन रम्तेल र सन्तोष कुमार अछामी रहेका छन् ।केन्द्रका अनुसार यस अवधिमा माँ अम्बे सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सहकारी पनि तीन पटक कालोसूचीमा परेको छ । यस सहकारीका सञ्चालकमा विजय कुमार चिनाल र निर्मल कुमार संजाली रहेका छन् ।त्यस्तै, सुमार्ग बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा गणेश बहादुर कार्की र सन्ध्या थापा र तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालकमा केदारनाथ शर्मा र मन्दिप खवास रहेका छन् ।
केन्द्रले कालोसूचीमा राखेको बुद्ध दर्शन टुरिजम को–अपरेटिभका सञ्चालकमा अनन्त श्रेष्ठ, बिनोद ढकाल, ठाकुर राज, कुमार तामाङ, राजेश तामाङ, सविता खड्गी, सरोज बस्नेत, सुजन मानन्धर र सुरेन्द्र श्रेष्ठ रहेका छन् ।त्यस्तै, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकमा अमेश राज भण्डारी, भोजराज पौडेल, केदारनाथ शर्मा, लिलानाथ गौतम, पुस्कर मल्ल, राजु सखाकर्मी, शिव प्रसाद पौडेल, सुशिल बानियाँ र तेज बहादुर तामाङ रहेका छन् ।नारी नमुना बचत तथा ऋण सहकारीका सञ्चालकमा वीर बहादुर बस्नेत, देउ बहादुर अधिकारी, गंगा अधिकारी, हरि प्रसाद पोखरेल, इन्द्र कुमारी खड्का, खगेन्द्र प्रसाद पोखरेल, लक्ष्मी राई, प्रकाश राउत, राधिका राउत, राजेन्द्र खड्का, रेशम भट्राई, सविता अधिकारी, शेर बहादुर कार्की, शंकर बहादुर खड्का र उषा अधिकारी रहेको केन्द्रले जनाएको छ।