धनगढी। रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई अत्याधुनिक ूकू बर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ धनगढीका अध्यक्ष ठेकेद्रराज जोशीले प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयलाई जापानमा निर्मित ल्याण्डक्रुज कम्पनीको क बर्गको एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले एम्बुलेन्सले उपचारमा सहज हुने बताउदै मानवीय सेवामा कार्य गरेको भन्दै क्लबलाई धन्यवाद दिए ।यस्तै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको बिगतदेखी नै क्लबले गरेको कामको उच्च मुल्यांकन गर्दै एम्बुलेन्स प्रदान गरेकोमा प्रशंसा व्यक्त गरे ।
रोटरी क्लबको ग्लोबल ग्र्याण्ड अन्तरगतको उक्त एम्बुलेन्स प्रोजेक्टका संयोजक तथा क्लबका पुर्व अध्यक्ष हरिशंकर ठाकुरले भन्सार छुट गरेर करिब १ करोड ३५ लाखको लागतमा एम्बुलेन्स खरिद गरि प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्न पाउँदा आफू निकै हर्षित भएको बताए ।उनले सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद समेत दिए । आज भन्दा करिब १० बर्ष अघि रोटरी क्लब अफ धनगढी चार्टर्ड भएको संस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्टले बताए । उनले क्लब स्थापना भएयता थुप्रै सामाजिक कार्य गरेको बताए ।
क्लबले कोभिड-१९ को बेला एकैपटक १०० थान अक्सिजन कन्स्ट्रेटर सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाका जिल्ला अस्पताल, बोराडाडी स्थित आर्मी अस्पताल, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही अस्पतालहरुलाई बितरण गरेको बताए ।त्यस्तै क्लबले खानेपानी, स्वास्थ्य सामाग्री, हावाहुरी, डुबान लगायतका क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको संस्थापक अध्यक्ष भट्टले बताए ।